Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति नेमकिपाको बिरोध प्रदर्शन


काठमाडौं, २१ जेठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति बिरोध प्रदर्शन गरेको छ।

आईतवार पार्टीका नेता, कार्यकर्ताहरु भेला भइ जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता विधेयक प्रमाणीकरण गरेको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको भन्दै बिरोध प्रदर्शन गरेको हो।

बिरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो।

प्रर्दशनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागकिरता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #nemakipa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट