Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई उम्मेदवार बनाउने


काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यस अगाडि राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको भेटमा भट्टराईलाई उपनिर्वाचनमा ध्यान दिन आग्रह गरेका थिए। पौडेल उम्मेदवार हुँदा यस अगाडि भट्टराईले टिकट पाउन सकेका थिएनन्।

निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तोकेको छ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking, #congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट