Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देशमा कुशासन चलाउनेहरूले रास्वपाको विरोध गरे, त्यस्तालाई जेल हाल्ने हाल्छौँ : रवि लामिछाने


तनहुँ, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको आरोपमा पुराना पार्टीका नेताहरूलाई जेल हाल्नुपर्ने बताएका छन्। तनहुँ १ को आबुखैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा कुशासन चलाउनेहरूले नै रास्वपाको विरोध गरेको भन्दै त्यस्तालाई जेल हाल्ने चेतावनी दिएका हुन् ।

‘यो ठाउँले देशको सबैभन्दा उच्च पद पायो तर जनताले के पाए चिया र बिस्कुट।’ उनले प्रश्न गर्दै भने, ‘युवा देश छोडेर जान बाध्य भएका छन्, सुत्केरी अस्पताल नपुग्दै बाटोमा मृत्यु हुने जोखिम छ, विद्यालय शिक्षाको स्तर खस्किँदै गयो ।’

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले आफ्नो जिल्लाबासीलाई शीतलनिवास बोलाएर चियापान कार्यक्रम गरेका थिए। एउटै देशको नागरिकले कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडेमा टुरिस्ट वा पाहुँना भनेर त्यति प्यारो शब्दको अपमान नगरिदिन अनुरोध गरे।

‘मैले यसअघि टेलिभिजनबाट भएन भएन मात्रै भने भएन भएन भनेर मात्र भएन अनि राजनीतिमा आएँ’ उनले भने। उनले राजनीतिमा आफू जनताको सेवा गर्न आएको र जनताको काम गर्न रास्वपालाई अवसर दिन पनि लामिछानेले आग्रह गरे।

उनले आफ्नो पार्टी करिब ३० दिन सरकारमा बसेर केही नबिगारेको बरु सुधारको प्रयास गरेको दाबी गरे। त्यस्तै, आफूलाई ठूलो दल र पुरानो पार्टी भन्नेहरूले देशलाई खोक्रो बनाएको उनले आरोप लगाए।

 


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #hot, #rabi lamichhane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट