Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ढाकाकुमार श्रेष्ठले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गर्यौँ : रवि लामिछाने


दमौली, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

बिहीबार तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा आयोजित कोणसभामा उनले देशका समस्या सबैको साझा भएको भन्दै समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए ।

गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो । “मुलुकका समस्या सबै दलका साझा समस्या हुन् । पार्टीबीच सैद्दान्तिक मतभेद होला । तर, मुलुकका साझा एजेन्डामा दलबीच फरक मतभेद हुनु हुँदैन,” उनले भने ।

“अहिले वादविवाद गर्ने, झै–झगडा गर्ने बेला नभई देशको विकासका लागि जुट्ने बेला हो,” उनले थपे । रास्वपा कुनै दलको दुस्मन नभई आमजनताको असल मित्र बन्न चाहेको सभापति लामिछानेले बताए । नागरिकका आमसमस्या समाधानमा आफूहरू लागिरहेको भन्दै उनले भने, “देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ।”

उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे । “सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ,” उनले भने ।

राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सधैँ विरोध गर्ने उनको भनाइ थियो । तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य उमेदवार डा। स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्यांकन गर्न आग्रह गरे । उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

तीनवटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाए । “तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँ मात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ,” उनले भने ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking, #hot, #rabi lamichhane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट