Techie IT
  • १३ जेठ २०८१, आईतबार
Jhilko

सेती खोँच वरपर तारबार लगाउन सांसद विद्या भट्टराईको माग


काठमाडौं, ३ वैशाख । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सेती खोँच वरपर तारबार लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले सेती नदीको खोँचमा परेर वर्षौँ मानिसहरुले ज्यान गुमाउन परेको बताउँदै तारबार लगाउन सरकारसँग माग गरेकी हुन्। भूगर्वविद्हरूले पनि सेती नदीले निकट भविष्यमा जुनसुकै खालका जोखिम पुर्याउने खतरा रहेकोबारे सरकारलाई ध्यानाकर्षण गराएको बारेमा पनि भट्टराईले स्मरण गराइन्।

‘दुःखद् घटना हुँदा हामी केही संवेदनशील बन्छौं। जब पुरानो हुँदै जान्छ, हामी बिर्सदैँ जान्छौं,’ उनले भनिन्। सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउने विषयमा पटकपटक संसदमा आवाज उठेपनि सरकारले ध्यान नदिएको उनले बताइन्।

उनले विज्ञका सुझावअनुसार तारबार लगाउन र सुक्खा पहिरो नियन्त्रणका लागि विज्ञहरुले भनेझैँ चेकड्याम निर्माणका लागि योजना सञ्चालन गर्न माग गरिन्।


क्याटेगोरी : राजनीति, संसद, गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट