Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तनहुँमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु


तनुहँ, २० वैशाख । तनहुँमा ट्रकको ठक्करबाट घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पास्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा आठ जना घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनमा उपचार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, एसपी अबदेश विष्टले तीन जनाको मृत्यु भएको बताए। चेतबहादुर घर्ती, सनबहादुर भुजेल र आयुष भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बन्दिपुर गाउँपालिका वडा नम्बर १ का हुन्।

ना ४ ख १९७३ नम्बरको ट्रक एउटा घरमा ठक्कर खाएको थियो।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट