Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गम्भीर भएर कलम चलाउन पत्रकारहरूलाई मुख्यमन्त्री सुरेन्द्र पाण्डेको आग्रह


कास्की, जेठ ७ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गम्भीर भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन कास्कीको १० औ अधिवेशनको उद्घाटन पछि बोल्दै उनले समाचार लेख्दा सत्य तथ्यमा आधारित भएर लेख्न पर्ने बताए ।

एउटै सन्दर्भका समाचार मिडिया अनुसार फरक फरक आउने गरेका छन् । केही मिडियाले समाजमा उत्तेजित हुने खालका समाचार प्रकाशित गरेको पाइन्छ त्यसमा होसियार हुन आवश्यक छ, उनले भने ।

मुख्यमन्त्री पाण्डेले प्रेस युनियनले पत्रकार शुद्दिकरणको अभियान राम्रो भएको बताए । उनले गण्डकी प्रदेशमा रोकिएको मिडिया बिधेयक छिटै पुरा हुने बताए । संविधानले निर्देशन गरेको अधिकार हनन नहुने गरी सञ्चार विधेयक पास गर्छौँ । मिडियामा देखिएको गलत प्रविधि हटाउन सबै मिलेर समाधान गरौँ, उनले भने ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट