Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत लिने भएका छन् ।

गठबन्धनमा रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट फिर्ता हट्नुका साथै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारलाई विश्वासको मत ३० दिनभित्रमा लिनैपर्ने संवैधानिक बाध्यता छ ।

नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीसहितका दलहरुले यो सरकारलाई विश्वास दिइरहेको अवस्थामा यो सरकारसँग स्पष्ट वहुमत छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको चापका कारण तत्काल विश्वासको मतका लागि नलाग्ने प्रधानमन्त्री प्रचण्डका सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट