Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वामदेव गौतमलाई पुरानै घरमा फर्किन केपी ओलीको आग्रह


काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग भेट गरेका छन्। बुधबार दिउँसो गौतम निवास पुगेर अध्यक्ष ओलीले भेट गरेका हुन्। भेटमा उनले गौतमलाई पुरानै घरमा फर्किन आग्रह गरेका छन्।

‘एकता अभियानका साथीहरू लिएर पुरानै घरमा फर्किनुस्। एमाले तपाईंले बनाएको पार्टी हो। मिलेर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने।

जवाफमा गौतमले २०७८ सालमा चितवनमा भएको पार्टीको १०औँ महाधिवेशनले ल्याएको ७० वर्षे उमेरहद हटाउनुपर्ने माग गरेका थिए। उनले उमेर हदमा करेक्सन भए आफूहरू आउन तयार रहेको बताएका थिए।

‘हामी सबै वामपन्थीहरूलाई एक बनाउने अभियानमा लागेका छौँ। यसलाई निरन्तरता दिँदै एमालेको विधान संविधानविपरित छ। ७० वर्षे उमेरको हद हटाउनुपर्छ। यसमा करेक्सन हुन्छ भने आउन सक्छौँ,’ गौतमको भनाई उद्धृत गर्दै गौतम निकट एक नेताले बताए ।

अध्यक्ष ओलीले विधानमा रहेको त्रुटिहरुलाई सच्याउन आफू तयार रहेको जवाफ दिएका थिए। उनले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास चन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए। गौतमलाई उनले आफ्ना चेलालाई राष्ट्रपतिमा विजयी गराउन आग्रह गरेका हुन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट