Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माधव नेपाल र सुवास नेम्वाङबीच भेटवार्ता


काठमाडौं, १८ फागुन । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच छलफल सुरु भएको छ ।

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालसँग पूर्व सभामुख समेत रहेका एमाले नेता नेम्वाङबीच छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ । नेम्वाङ फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार छन् । समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले आठ दलका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ ।

यो अवस्थामा अध्यक्ष नेपालसँग नेम्वाङसहित एमाले नेताहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, डा.विमला राई पौड्याल र रघुवीर महासेट लगायतका नेताहरुबीच छलफल चलिरहेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट