Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्ड दुई वर्ष, माधव नेपाल एक वर्ष र चुनावी सरकार देउवाको हुने शशांक कोइरालाको खुलासा


काठमाडौं १८ फागुन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई वर्ष प्रधानमन्त्री बन्ने बताएका छन् । त्यसपछि एक वर्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने आठ दलबीच समझदारी भएको खुलासा गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बन्ने उल्लेख गरे । “दुई वर्षमा प्रधानमन्त्री फेरिन्छन् । एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुनेछ,” शशांकले भने, “चुनाव हुने बेलामा देउवा प्रम हुन्छन् ।”

उनले कांग्रेसको ध्यान गठबन्धनमा विश्वास कायम गर्नेमा केन्द्रित रहेको भन्दै बीचमा सरकार तलमाथि नहुने बताए । “गठबन्धनमा विश्वास नचुडियोस् भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई राष्ट्रिय सहमति नभनौँ, दलीय सहमति भनौँ,” उनले भने, “हामी स्थिर सरकार चाहन्छौँ । अस्थिर सरकार भयो भने केही पनि हुँदैन । स्थिरताको हाम्रो प्रयास हो । अस्थिरता चहाने एमाले मात्र हो ।”


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट