Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सञ्चारमाध्यमले चर्चामा रहेका नेतामा मात्रै ध्यान दिए : सभामुख घिमिरे


काठमाण्डौं, १९ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमले चर्चित नेता र चर्चाको विषयमात्रै समेटेको गुनासो गरेका छन् ।

आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा उनले सञ्चारमाध्यमले संसद्का विषयवस्तुलाई महत्त्वपूर्ण नठानेर चर्चामा रहेका नेता र चर्चित विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको बताएका हुन् ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने बताए । ‘अहिले संसदमा खास नेताहरु बोल्ने दिन छ भने मिडियाहरुको उपस्थिति देखिन्छ । नभए करिब शून्य हुन्छ । तर सक्रियता कम छ । महिलाहरुको सहभागिता कम छ । महिलाहरुको सहभागिता र सक्रियता बढाउनका लागि हामी काम गर्नेछौँ । अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छ’ उनले भने।

महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा संसद् सचिवालयसँग छलफल गर्ने तयारी गरिएको उनले बताए । उनले संसद् र अन्य सङ्घसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमहरुले त्यसअनुसार प्रचारप्रसार नगरेको गुनासो गरे । उनले आफू सभामुख भइसकेपछि संसद् बैठकमा महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता देखाए पनि सञ्चारमाध्यमहरुले प्रचार गर्न कन्जुस्याइँ गरेको बताए ।

साथै, उनले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट