Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गठबन्धन जोगाउन कांग्रेस सबैभन्दा बढी जिम्मेवार भएर लाग्छ : गगन थापा


काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान आठ दलीय गठबन्धन पाँच वर्ष कसैले चाहेर पनि भत्काउन नसक्ने बताएका छन्।

राष्ट्रपति चुनावलाई लक्षित गर्दै बागमती प्रदेशका सांसदहरूका लागि काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट कांग्रेस कुनै हालतमा पछि नहट्ने बताए। उनले गठबन्धन जोगाउन कांग्रेस सबैभन्दा बढी जिम्मेवार भएर लाग्ने बताए। ‘पुस १० गते जे भएको थियो त्यो गलत भएको थियो, अहिले त्यो सच्चिएको छ’, थापाले भने ‘अब यसलाई बचाएर अगाडि लिएर जानुपर्छ।’

उनले एमालेले अब जस्तोसुकै अफर दिएर पनि गठबन्धन भत्काउन नसक्ने संकेत गरे। फागुन २५ पछि एमाले र कांग्रेसको सहकार्य भनेर भ्रम फैलाउन खोजिएकोतर्फ संकेत गर्दै थापाले पाँच वर्ष नजिस्क्याउन आग्रह गरे। उनले भने, ‘नेपाली कंग्रेससँग कोही चकचक गर्न नआए हुन्छ । अस्ति जे समझदारी गरेर आएका छौं, त्यसबाट दायाँबायाँ हुँदैन, कोही धराप थाप्न नआए हुन्छ। कसैले अल्मलाउन नखोजे हुन्छ। यसपटक केही निस्कने वाला छैन।

नेकपा एमालेले राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनमा रहेका दलका पार्टी कार्यालयमा पुगेर मत माग्दै भ्रम छरिरहेको थापाको आरोप छ।


क्याटेगोरी : प्रदेश, राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट