Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आफ्नो सुरक्षामा सेना नखटाएको र घर भाडा ३६ हजार मात्र दिइएको भन्दै उपसभामुख इन्दिरा रानाले पोखिन् गुनासो


काठमाडौं, १९ फागुन । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा रानाले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गरिन् । यस्ता गतिविधि सहन गर्न नसकिने उनको भनाइ छ ।

पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको रानाको भनाइ थियो । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन् ।

‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर, उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरू रहेछ,’ रानाले भनिन्, [अनि यो भ्रष्टचाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र ? कस्तो लाग्छ तपाईंहरूलाई ? ‘

‘यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । अन्याय र विभेद सहन नसक्ने मान्छे म । म सानो भूइँमान्छे हो । म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ । भीआईपीको सुविधा प्रयोग गर्दिन भन्थेँ,’ रानाले भनिन्, ‘पहिला पुरुष उपसभामुख हुँदा खेरीचाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरूलाईचाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ । दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ ।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट