Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रास्वपासँग भोट माग्न पुगे रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेससहित आठ दलको तर्फबाट राष्ट्रपति पदको साझा उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट मागेका छन् ।

आज शुक्रवार राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ लामा र दीपक खड्का रास्वपा कार्यालय बसुन्धरा पुगेका थिए । रास्वपा कार्यालयमा त्यस पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग भेट गरी राष्ट्रपतिका उम्मेदवार पौडेलले यही फागुन २५ गते हुने राष्ट्रपति चुनावमा आफूलाई मतदान गर्न आग्रह गरको थिए ।

राष्ट्रपति चुनावका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेल साझा उम्मेदवार हुन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट