Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारसँग लिखित प्रतिबद्धता माग्यो


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति बिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेर सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियो । अहिले फेरि नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिबद्धता मागेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा लेख्दै भनेकी छिन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन’ ।

नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि विश्वासको मत लिँदै छन् ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसका १९ सांसद छन् । उनलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीका चार सांसद छन् । प्रदेश सभामा माओवादीका सभामुख सहित ११ र नागरिक उन्मुक्तिको सात सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत भने पुग्छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट