Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भयो : केपी ओली


काठमाण्डौं, २० फागुन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु देशका लागि दूर्भाग्य भएको जिकीर समेत गरे । शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद् केन्द्रीय समिति बैठकमा बोल्दै उनले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गरे ।

अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताए । लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीवीहरुले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटकपटक दोहोर्याए । उनले जनताको चेतनास्तरमाथि उठाउने काममा बुद्धिजीवीहरुले ध्यान दिनुपर्ने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट