Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति निर्वाचनमा एकजुट भएका आठ दलको बैठक बस्दै


काठमाडौं, २१ फागुन । राष्ट्रपति निर्वाचनमा एकजुट भएका आठ दलको बैठक आज बस्दै छ।

पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज आठ दलीय गठबन्धनको बैठक बोलाएको हो। बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका माओवादी एकीकृत समाजवादी लगायतका ८ दलले आजको बैठकमा उपराष्ट्रपतिको नाम टुंगो लगाउने जनाएको छ।

उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने सहमति गरेका दलहरुले उम्मेदवारको नाम टुंगो लगाउने जनाइएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट