Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अहिलेको मार्क्सवाद हामीलाई चाहिएको छ,अब फुर्काहरुको मोह हामीलाई जरुरी छैन : बाबुराम भट्टराई


काठमाडौं, २१ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध मुद्दा चलाएर जिस्काउन खोजिएको बताएका छन्।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘माओ‌वादी आन्दोलनलाई अपराधीकरण गरिँदैछ’, उनले भने, ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन भनेको जिस्काएको हो।’

उनले अब पुच्छर जोडेर कम्युनिष्ट नचल्ने पनि बताए। ‘अब माओवादीको पुच्छर जोडेर पार्टी बनाउनु आवश्यक छैन’, उनले भने, ‘अहिलेको मार्क्सवाद हामीलाई चाहिएको छ। अब फुर्काहरुको मोह हामीलाई जरुरी छैन।’

उनले हिजो विभाजित माओवादीहरु पार्टी एकताका लागि गला मिलाउनु भन्दा पहिले समीक्षा आवश्यक रहेको बताए। उनले मिल्न सक्नेजति एकै ठाउँ सकिन्छ भने मोर्चा बनाउने यदि त्यसो नभए कार्यगत एकता गरेर जानुपर्नेमा जोड दिए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट