Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुदूरपश्चिमका मुख्यमन्त्री शाहीलाई एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत प्राप्त


धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन्।

केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका छन्।

५३ सदस्यीय प्रदेशसभामा आज उपस्थित सांसद ५२ थिए भने मुख्‍यमन्त्री शाहको पक्षमा ४१ मत पर्‍यो भने विपक्षमा ११ मत पर्‍यो। सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे।

मुख्‍यमन्त्री शाहले पाएको यो मत कुल संख्या ५३ को दुईतिहाइ भन्दाबढी हुन आउँछ। माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिएका हुन्।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट