Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलत : नेम्वाङ


काठमाडौं, २५ फागुन । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलत भएको टिप्पणी गरेका छन् । यसअघि एमालेसहितको गठबन्धन सरकारमा सामेल भएको राप्रपाले सभामुखसहित अन्य पदहरूमा एमाले उम्मेदवारलाई मत दिएको थियो ।

राष्ट्रपतिमा पनि राप्रपाले एमालेलाई मत दिने आकलन थियो । तर राप्रपाले बुधबार मात्रै राष्ट्रपति निर्वाचनमा मतदान नै नगर्ने निर्णय लिएको थियो ।

बिहीबार संसद् भवनमा राष्ट्रपतिको निर्वाचन चलिरहेका बेला राष्ट्रपतिका उम्मेदवार नेम्वाङले राप्रपाको मतदान नै नगर्ने निर्णय लिएर गलत गरेको बताए । ‘उहाँहरूको निर्णय जे सुकै भएपनि म त्यसलाई सम्मान गर्छु । तर, यो अलिक ठीक भएन भन्ने मलाई लागेको छ,’ उनले भने, ‘मैले त उहाँहरूको कार्यालयमै पुगेर सुझाव दिएका थिएँ । तपाईंहरू यही प्रक्रियामा अगाडि बढ्नुहोस् । यो प्रक्रियामा भाग लिएरै जनताको बीचमा जान सकिन्छ भनेर सुझाव दिएको थिएँ ।’


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट