Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विद्यार्थी युनियनको सभापतिदेखि राष्ट्रपतिसम्म रामचन्द्र पौडेलको राजनीतिक यात्रा…


मुलुकको नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा पौडेल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार बिहान १० देखि दिउँसो तीन बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ४९ हजार ५९१ मत खसेको थियो । रामचन्द्र पौडेलले ३३ हजार ८०२ मत पाए भने उनका प्रतिद्वन्दी सुवासचन्द्र नेम्वाङले १५,५१८ मत प्राप्त गरे ।

कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने माओवादी केन्द्रका सांसद वर्षमान पुन र कांग्रेसका सांसद चन्द्र भण्डारी उपचारका क्रममा देश बाहिर रहेकाले अनुपस्थित भए । तटस्थ बस्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी थिए। यस्तै एकजना निलम्बित थिए भने एमालेका एक जना सांसद लक्ष्मी महतो कोइरी फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।

यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लामो समयसम्म कांग्रेसबाट राजनीति गरेका पौडेललाई उनको पार्टीका अतिरिक्त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी लगायतको साथ थियो।

एमालेबाट उम्मेदवार बनेका नेम्वाङलाई भने एमालेको मात्रै समर्थन थियो।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न थियो । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए । उनले २०७४ सालको आम निर्वाचनमा भने तनहुँ १ बाट पराजय भोग्नु परेको थियो । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा उनी क्षेत्र नं १ बाट प्रतिनिधि सभामा विजयी भए ।

पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्न पटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् ।

पौडेलको जीवनी र राजनीतिक यात्रा :

विसं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर आफू राजनीतिमा होमिएको पौडेलले बताउँने गरेका छन् ।

नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भएका थिए । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी थिए । र, उनी संस्थापक केन्द्रीय सदस्य बने ।

त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर पाँच वर्ष सेवा गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न थियो । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए । उनले २०७४ सालको आम निर्वाचनमा भने तनहुँ १ बाट पराजय भोग्नु परेको थियो । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा उनी क्षेत्र नं १ बाट प्रतिनिधि सभामा विजयी भए ।

पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्न पटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् । उनी श्रीमतीसहित पाँच सन्तानका पिता हुन् ।

पौडेलका तीनवटा पुस्तक प्रकाशित छन् । प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद लगायतका पुस्तक उनका कृति हुन् ।

त्यसो त नेपाली कांग्रेस विभाजित हुने बेलामा पौडेल शेरबहादुर देउवाको पक्षमा लाग्न खाजेको र वीचबाट फर्किएको चर्चा पनि कांग्रेसभित्र छ । फुटेको पार्टीको नेता हुनुभन्दा मूल पार्टीकै नेता बनाउँछु भनेर गिरिजाप्रसाद कोइरालाले आश्वस्त पारेपछि उनी देउवातिर नलागेको बताउनेहरु पनि प्रशस्त छन् कांग्रेसभित्र ।

करिब तीन दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा रहेको छ, प्रधानमन्त्री पदमा १७ पटकको पराजय । यद्यपि, यो कालो धब्बा लाग्नुमा उनी स्वयम् जति जिम्मेवार छन्, त्योभन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार छ । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

प्रधानमन्त्रीमा १७ पटक पराजयको इतिहास :

करिब तीन दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा रहेको छ, प्रधानमन्त्री पदमा १७ पटकको पराजय । यद्यपि, यो कालो धब्बा लाग्नुमा उनी स्वयम् जति जिम्मेवार छन्, त्योभन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार छ । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गयो ।

रामचन्द्रका सवल पक्ष

१. लामो र अथक राजनीतिक सक्रियता रामचन्द्रको प्रमुख पूँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक संघर्षहरुमा उनी संलग्न रहे र पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरे ।

२. कांग्रेसभित्र धेरथोर नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने नेताका रुपमा लिइन्छन् रामचन्द्र ।

३. पटक–पटक मन्त्री हुँदा उनी कुनै गम्भीर विवादमा मुछिएनन् । भ्रष्टाचारमा नमुछिएका इमान्दार र निस्कलंक छवि भएका नेताका रुपमा चिनिन्छन् उनी ।

४. पार्टीभित्र च्याउझैं गुट र उपगुट जन्मिँदा पनि रामचन्द्रले आफ्नै गुट बनाएनन् । कतिपयले यसलाई उनको कमजोरीका रुपमा लिन्छन् । तर, पार्टी राजनीति स्वस्थ हुनुपर्छ भन्ने मान्यता राख्नेहरुका लागि गुटबाट टाढा रहनु सकारात्मक कुरा हो । गुटहरुबीचको विवादमा पौडेलको भूमिका समन्वयकारी देखिने गरेको छ ।

५. राष्ट्रिय राजनीतिमा पनि रामचन्द्रको बलियो उपस्थिति छ । अन्तरपार्टी वार्तालापमा कांग्रेसको आधिकारिक लाइनको वकालत गर्न उनी प्रायः अघि सर्छन् ।

६. रामचन्द्र पौडेलले शान्ति प्रक्रियापछि आदिवासी जनजाति, मधेसीलगायत विभिन्न समुदायसँग सम्झौैताहरुमा हस्ताक्षर गरेका छन् ।

दुर्वल पक्ष

१. रामचन्द्रमाथि लघुताभाषी नेताको आरोप लाग्नेगर्छ । राष्ट्रिय नेता भएर पनि उनको सोच र चिन्तनको दायरा साँघुरो हुने गरेको टिप्पणी आलोचकहरु गर्छन् । पार्टीकै कार्यकर्ताले पनि उनलाई ‘सानो चित्तको’ भनेर कुरा काट्ने गरेको पाइन्छ ।

२. परिवारवादको जालोमा रामचन्द्र पनि बिस्तारै जेलिँदै गएका छन् । आफ्नो छोरा चिन्तन पौडेललाई निकै कसरत गरेर सरकारी नियुक्ति दिलाए । सम्धी युवराज भुसाललाई राष्ट्र बैंकको गभर्नर बनाउन उनले निकै चलखेल गरेका थिए । पछिल्लो समय उनका धेरै निर्णयहरुमा पारिवारिक दवाबले काम गरेको विश्वास गरिन्छ ।

३. रामचन्द्रको पछाडि लाग्ने नेता–कार्यकर्ताको पङ्ति ठूलो छैन । आफूप्रति निष्ठावानहरुलाई संरक्षण गर्न नसक्ने वा नगर्ने भएकाले पनि उनलाई धेरैले लामो समयसम्म साथ दिन सक्दैनन् । उनी केवल आफ्नो स्थान सुरक्षित बनाउन इच्छुक हुने गरेको आरोप लाग्छ ।

४. राजनीतिका चतुर खेलाडी होइनन् रामचन्द्र । राजनीतिक दाउपेचमा कमजोर भएकाले नै उनी अहिलेसम्म देशको र पार्टीको प्रमुख पदमा पुग्न नसकेको बताउने गरिएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #rastrapati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट