Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रिय स्वतन्त्र पार्टीले रामचन्द्र पौडेललाई मतदान गर्ने


काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् ।

बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकपछि उनले भने, ‘हाम्रा संसदहरुको एक मत छ, तर निर्वाचन आचारसंहिताका कारण यो गर्ने त्यो गर्ने भन्न पाउँदैनौं ।’

नेताहरुका अनुसार बैठकमा पछिल्लो समय राष्ट्रपतिको भूमिकाबारे समेत समीक्षा भएको थियो । र, औपचारिक निर्णय नभएपनि पौडेललाई मत दिन सबै सहमत भएको एक नेताले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट