Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘प्रतिगामी षड्यन्त्रलाई भण्डाफोर गर्ने’


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरी गरिएको प्रहारको विरुद्ध वासिएल, नेपाल काठमाडौंले आज जिल्ला प्रशासन कार्यालयमा बबरमहलमा गएर ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्रका नेता तथा काठमाडौंका इञ्चार्ज कुमार पौडेलको नेतृत्वमा गएको टोलीले सिडिओ घनश्याम उपाध्याय समक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा सर्वाेच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध व्यक्ति हत्याको आरोपमा गरिएको मुद्दा दर्ताले शान्ति प्रक्रिया भाड्न खोजेको, संविधान लगायत माओवादीको बलमा प्राप्त उपलब्धिलाई उल्ट्याउने षड्यन्त्र भइरहेको वाइसिएल नेपालले ठहर गरेको उल्लेख छ ।

नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लाका इञ्चार्ज कुमार पौडेलले प्रचण्डले माओवादी जनयुद्धमा भएको क्षतिलाई राजनीतिक रुपमा जिम्मेवारी लिने आशयले व्यक्त गरेको दुई÷अढाई वर्ष अगाडिको अभिब्यक्तिलाई लिएर अहिले आएर मुद्दा दिइनु देशी विदेशी प्रतिगामीहरुको इशारामा चालिएको कदम भएको बताए । संक्रमणकालीन न्यायसँग जोडिएको विषय अदालतलको कार्यक्षेत्रभित्र नपर्ने भन्दै द्वन्द्वकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले निरुपण गर्नुपर्ने नेता पौडेलले बताएका छन् ।

ज्ञापन पत्र बुझाउँदै वाईसिएल काठमाडौंका अध्यक्ष सन्तोष गुरुङले अदालतको प्रतिगामी चरित्रविरुद्ध आफूहरु जस्तोसुकै आन्दोलन गर्ने र प्रतिगामी षड्यन्त्रलाई भण्डाफोर गर्ने बताएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट