Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेपछि मतगणना हुने


काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ। संसद् भवन नयाँ बानेश्वरमा भएको मतगणना सकिएको हो। मतगणना ४ बजेपछि हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकले दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ। स्वस्तिक छाप नभएको मत बदर हुनेछ।

सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत नभएमा मत बदर हुनेछ। संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुनेछ। मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक–एक जना गणना प्रतिनिधि रहने छन्।

मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला गर्ने बैठकले निर्णय गरेको छ। मतगणनापश्चात विजयी राष्ट्रपति उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #rastrapati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट