Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो


काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए । यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।

यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #rastrapati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट