Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुने बताएका छन् ।

बिहीवार राष्ट्रपतिको चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले पालिका, प्रदेश र सङ्घसँगै राष्ट्रपतिको चुनाव पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको बताए । उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने बताए ।

प्रचण्डले भने, ‘पालिका चुनावदेखि प्रदेश र सङ्घको चुनावसँगै राष्ट्रपतिको चुनाव सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको चुनाव एउटा बाँकी छ । अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको चुनावपछि सरकार विस्तार हुन्छ ।’

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट