स्ववियु निर्वाचन : आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै

काठमाडौं, २६ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको हो।
देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गरिने उनले जानकारी दिए। निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन्।
देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने तय भएको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot
प्रतिक्रिया