Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता, सत्ता गठबन्धनबाटै तीन जना


काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी ४चारजनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् ।

समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् । समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट