Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्डलाई हतोत्साहित पारेर नेपाललाई स्थिरतातिर अगाडि बढ्न नदिने षड्यन्त्र : प्रभु साह


काठमाडौं, २८ फागुन । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री प्रचण्डलाई हतोत्साही बनाएर काम गर्न नदिने योजना अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा लगिएको बताएका छन् ।

माओवादी घटकहरुले आइतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले देशको कार्यकारी प्रमुखलाई हतोत्साहित पारेर नेपाललाई स्थिरतातिर अगाडि बढ्न नदिने षड्यन्त्र भएको पनि बताए । ‘यतिबेला प्रचण्डजी देशको कार्यकारी प्रमुख हुनुहुन्छ । देश अहिले स्थिरततातिर अगाडि बढ्छ भन्ने आत्मविश्वास जागृत भइरहेको सन्दर्भमा ‘ उहाँलाई हयारासमेन्ट बनाउने गरी खेलहरु अगाडि आउँछ यसले बढी चिन्तित बनाउँछ’ उनले भने ।

कार्यकारी प्रमुखलाई काम गर्न नदिने र नेपाली समाजलाई गुमराहमा राख्ने योजना अनुसार द्वन्द्वकालीन घटना उछालिएको साहले टिप्पणी गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prabhu shah

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट