Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा


काठमाडौं, २८ फागुन नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । राष्ट्रपति पदको शपथ ग्रहण गर्नु एक दिन अघि उनी कांग्रेसबाट अलग भएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार कांग्रेस केन्द्रीय कार्यालय ललितपुर सानेपामा राजीनामा पत्र पेश गरेको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता पौडेल २०१७ सालपछि कांग्रेसको सक्रिय राजनीतिमा निरन्तर क्रियाशील छन् । बिहीबार (फागुन २५ गते) भएको राष्ट्रपतिको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेल ३३ हजार ८०२ मत भारसहित निर्वाचित भएका हुन्। उनले सोमबार पद तथा गोपनीयताको शपथ दिने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट