Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिंहहरु जहाँ भएपनि संकटको बेला एक ठाउँमा उभिन्छन् :आहुति


काठमाडौं, २८ फागुन । वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ ले सिंहहरु जहाँ भएपनि संकटको बेलामा एक ठाउँमा उभिने टिप्पणी गरेका छन् । आइतवार माओवादी धारले काठमाडौँमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै आहुतिले संक्रमणकालीन न्याय नियमित अदालतबाट हेर्न थालेपछि सबै माओवादी एक ठाउँमा उभिएको बताएका हुन् ।

‘हामी परिवर्तनका पक्षधरहरुलाई एउटै डालोमा हालेर मुद्दा लगाउने प्रयत्न हुँदैछ । संक्रमणकालीन मुद्दालाई सत्य निरुपणबाट टुंगो लगाउनुपर्नेमा साधारण मुद्दा अन्तर्गत अदालतमा प्रवेश गराइयो’ आहुतिले भने, ‘अहिले नाटक धेरै भएका छन् । अहिले मुद्दा दर्ता नगर्ने, कहिले बेन्चमा पठाउने र कहिले आदेश दिन नपर्ने आदि इत्यादि भन्ने गरेको सुनिन्छ ।’ अहिले हिजो परिवर्तनका पक्षमा लडेका मान्छेमाथि गतिलो तरबार झुड्याएको आहुतिले बताए । अहिलेको संक्रमणकालीन मुद्दा अदालत वा न्यायाधीशसमक्ष हारगुहार गर्ने विषय नभएको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट