Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन माओवादी धारका पार्टीहरुको संयुक्त अपिल (विज्ञप्तिसहित)


काठमाडौं, २८ फागुन । माओवादी धारले काठमाडौँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर कानूनलाई पूर्णता दिँदै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने सरकारसँग माग गरेका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विभिन्न आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र टुंगो लगाउन राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई संक्रमणकालीन न्यायका पक्षमा ऐक्यबद्धताका लागि हार्दिप अपिल गर्दछौं ।’

उनीहरूले विभिन्न राजनीतिक दलसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन्।

‘शान्ति सम्झौता भएको १६ वर्ष पुग्दैछ। शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्ने भन्ने प्रतिबद्धता तत्कालीन विद्रोही र सरकारबीच सम्झौता भएको थियो,’ महासचिव गुरूङले भने, ‘तर ती पक्षका सन्दर्भमा यतिखेर शान्ति प्रक्रियासँग जोडिएका मुद्दाबारे जसरी बहस भइरहेका छन्, शान्ति प्रक्रिया टुंग्याउन ढिलाइ हुनु र क्षेत्राधिकार फरक ढंगले जान खोजेकोले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चिन्ता प्रकट भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

आज राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर ९ दलले संक्रमणकालीन न्यायका सम्बन्धमा चलेका चर्चाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ती घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हुनुपर्ने जनाएको छ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने कुरा पनि सुस्पष्ट रहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

यस्तै, ९ दलले संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धता जनाउन राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायलाई आग्रह गरेको छ। ९ दलले विभिन्न राजनीतिक दलसँग गरेको सहमति कार्यान्वयनका लागि पनि सरकारसँग माग गरेको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट