Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिनिधिसभा सदस्स्यबाट रामचन्द्र पौडेलको राजीनामा


काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्स्यबाट राजीनामा दिएका छन्। आइतबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै राष्ट्रपति पौडेलले सांसद् पदबाट राजीनामा दिएका हुन्।

संसद् सचिवालयका प्रवक्ता एकनारायण गिरीले राष्ट्रपति पौडेलले राजीनामा दिएको पुष्टि गरे। उनले सभामुख देवराज घिमिरे बहराइन गएकाले फर्किएपछि राजीनामा स्वीकृत हुने बताए। उनले आफू फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएकाले संविधानको धारा ६२ को उपधारा ६ बमोजिम प्रतिनिधिसभा सदस्यमा राको राजनैतिक पद स्वतः रिक्त हुने भएकाले आफूले राजीनामा बुझाएको उल्लेख गरेका छन्।

पौडेलले सभामुख, संघीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का मतदातालगायत सबैलाई धन्यवाद दिएका छन्।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट