Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि विश्वासको मत लिन खोजेका थिए । समय अभावका कारण विश्वासको मत लिन त्यतिवेला सम्भन नभएपछि राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि धकेलिएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस लगायत जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जानेछन् ।

 

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट