Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादीले खिया लागेको हतियारको धम्की दिन्छ : केपी ओली


काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार हननको विषय उठाउँदा माओवादीले खिया लागेको हतियारको धम्की दिने गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकारसम्बन्धी कार्यक्रममा बोल्दै पूर्वप्रधनामन्त्रीसमेत रहेका अध्यक्ष अ‍ोलीले माअ‍ोवादीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका विषयमा कुरा उठाउँदा बन्दुकको धम्की दिएको आरोप लगाएका हुन्।

‘नेपालको राजनीतिको एउटा पक्ष यस्तो छ, जसले मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्। हाम्रा खुकुरीमा खिया लागेका छैनन्। हाम्रा बन्दुकमा खिया लागेको छैन। हाम्रो बन्दुकको कार्तुस ओसिएको छैन, चल्छ अहिले पनि भन्छन्। हाम्रा हात पाखुरा लाठी चलाउन सक्ने छन् भन्छन्। खुट्टा याद राख्नु भन्छन्,’ उनले भने।

अध्यक्ष ओलीले सत्तामा रहेको पार्टीले आतङ्ककारी क्रियाकलाप गरिरहेको आरोप लगाए। ‘बन्दुक खिएको छैन भनेको के ? सत्तामा हुने अर्कोतिर आतङ्ककारी क्रियाकलाप पनि गर्ने ? यस स्थितिलाई फेर्न हामीसँग मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोग छ। यस देशमा मानव अधिकारको पक्षमा चाहे पनि नचाहे पनि उसको कुरा मिल्छ,’ उनले भने।

अध्यक्ष ओलीले माओवादीभित्रको डरका कारण परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई मानव अधिकारसम्बन्धी कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेको आरोप लगाए । ‘परराष्ट्रमन्त्री मानव अधिकारसम्बन्धी कार्यक्रममा भाग लिन एयरपोर्टमा पुग्यो भने मान्छे पठाएर झोला खोसेर फर्काउँछन्। डराउँछन्। त्यो डर त्रासले हो। किनकि अपराध गरेको छ। मन्त्रीले अन्तराष्ट्रिय फोरममा बोल्यो भने त्रास,’ उनले भने।

अध्यक्ष ओलीले वडा सदस्य जित्न गठबन्धनले मान्छे मारेको बताए। उनले बाजुरामा आफ्ना विद्यार्थी नेतालाई वडा सदस्य जित्न गठबन्धनले हत्या गरेको आरोप लगाए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट