उपराष्ट्रपति पदको निर्वाचनमा किरियापुत्रीले पनि गरे मतदान

काठमाण्डौं, ३ फागुन । उपराष्ट्रपति पदका लागि आज भइरहेको चुनावमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ ९२० का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।
पिता लोकराजको निधनमा किरिया बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो पोखरा फर्कँदै छन् ।
उनले भने ‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति चुनावमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।’
क्याटेगोरी : राजनीति
ट्याग : #hot
प्रतिक्रिया