Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रास्वपाले उपराष्ट्रपतिमा ममत झालाई मतदान गर्ने


काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मत दिने भएको छ।

उपराष्ट्रपति निर्वाचनबारे औपचारिक निर्णय नगरेपनि पार्टीको आन्तरिक छलफलले झाको पक्षमा मतदान गर्ने सहमति भएको एक सांसदले जानकारी दिए।

‘निर्वाचन आचारसंहिता लागु भएकोले औपचारिक निर्णय गर्ने कुरा भएन,’ ती सांसदले भने, ‘यसपटक उपराष्ट्रपतिमा ममता झालाई मत दिन्छौं। त्यसका लागि हामीले केही समझदारी पनि बनाएका छौं।’

केही समय अघि रास्वपा सभापति रवि लामिछानेको पक्षमा जनमत पार्टीका अध्यक्ष सीके राउतले खुलेर प्रशंसा गरेका थिए। त्यही बेलादेखि औपचारिक र अनौपचारिक रुपमा जनमत पार्टीसँग रास्वपा छलफलमा थियो।

रास्वाले शुक्रबार ९३ चैत० मा बोलाएको पार्टीको बैठक निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको थियो।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट