Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डले आज दोस्रोपटक संसदबाट विश्वासको मत लिँदै


पहिलोपटक विपक्षी कांग्रेसकोसमेत समर्थन पाएका प्रधानमन्त्रीले यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका सांसदको मत पाउने सम्भावना छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिएका थिए ।

त्यतिबेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लागेका हुन् । पहिलोपटक विपक्षी कांग्रेसकोसमेत समर्थन पाएका प्रधानमन्त्रीले यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका सांसदको मत पाउने सम्भावना छ ।

प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्‍याउनुपर्छ । प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एकरएक तथा स्वतन्त्र २ गरी १ सय ७६ सांसदले विश्वासको मत दिने सम्भावना छ । यसअघि प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट