Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संसद् विघटन गर्दै देशलाई प्रतिगमनतर्फ लैजाने हर्कत भएकाले माओवादीसहितका दलसँग सहकार्य गरियो : देउवा


काठमाण्डौं, ६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै प्रतिगमनको खतरा रहेकाले माओवादीसहितका दलसँग सहकार्य गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा बोल्दै देउवाले यसअघि पटक–पटक संसद् विघटन गर्दै देशलाई प्रतिगमनतर्फ लैजाने हर्कत भएको र फेरि त्यो दोहोरिन नदिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गरेको बताए । उहाँले लोकतान्त्रिक व्यवस्थालाई उल्टाउने षड्यन्त्रस्वरूप २१ महिनाअघि दुई पटक संसद् विघटन भएको स्मरण गर्दै त्यो बेला व्यवस्था जोगाउन विभिन्न दल मिलेको र अहिले पनि त्यसलाई नै निरन्तरता दिएको पनि बताए ।

गठबन्धनकै कारण संसद् पूर्ण कार्यकाल चलेको र देशमा तीन वटै तहका चुनाव तोकिएको समयमै भएको देउवाले बताए । गएको पुस २६ गते पनि देशमा राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र अहिले पनि समर्थन गरेको देउवाको भनाइ छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट