Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्डले धोका दिएपछि सरकारबाट बाहिरिनु पर्यो, अब विश्वासको मत दिँदैनौँ : राजेन्द्र लिङ्देन


काठमाडौं, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएपछि सरकारबाट बाहिरिएको बताएका छन् । सोमबार संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत मागेपछि राप्रपा अध्यक्ष लिङ्देनले प्रचण्डले नराम्री धोका दिएपछि अब विश्वासको मत दिन नसकिने बताएका हुन्।

‘तपाईंले बाटो फेरेपछि हामी लाचार ठानेर सरकारबाट बाहिरिनु परेको हो। धोका हामीले दिएको होइन, धोका तपाईंले दिनु भएको हो,’उनले भने। सुशासन र विकासलगायत सेवा प्रवाहजस्ता विषयमा एक ठाउँमा बसेर काम गर्ने भनेर सहमतिमै सरकारमा गएको तर प्रचण्डले बाटो फेरेपछि बाध्य भएर सरकारबाट बाहिरिएको उनको भनाइ छ।

यो कुरा भोलि इतिहासले मूल्यांकन गर्ने उनले चेतावनी दिए । उनले प्रधानमन्त्री प्रचण्डले असहमति जनाएर नेकपा एमाले नेतृत्वको गठबन्धन छोडेर गएपछि त्यो रात आफूलाई निकै ग्राहो भएको बताएका छन्। उनले भने,ुअसहमति राखेर तपाईंले बाटो फेरेपछि त्यो रात पनि गाह्रो भयो । हामी निश्चित मान्यता र समझदारीको आधारमा सरकारमा गएका थियौं।ु

उनले प्रधानमन्त्री बनेको दुई महिनामा दुई पटक विश्वासको मत लिने प्रचण्ड भाग्यमानी प्रधानमन्त्री भन्दै कटाक्षसमेत गरे। ‘तपाईं भाग्यमानी प्रधानमन्त्री हुनुहन्छ। दुई महिनामा दुई पटक विश्वासको मत लिने अवसर पाउनु भयो। अब वैशाख १५–२० तिर यस्तो अवस्था नआओस्’ नले भने।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot, #rajendra lingden

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट