Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेले मुलुकलाई सहमतिमा अघि बढाउने बाटो रोक्न खोज्यो : देवेन्द्र पौडेल


काठमाडौं, ६ चैत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको बताएका छन् । जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमति विपरित अघि बढिरहेको उनको भनाइ छ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत अनुसार राष्ट्रिय सहमतिको कुरा गर्दा एमाले किन भागेको भन्दै प्रश्न गरे। सांसद पौडेलले सहमतिको आधारमा मुलुकलाई अघि बढाउन संसदमा सबैभन्दा ठूलो पार्टी कांग्रेसलाईसँगै लिएर जाने प्रधानमन्त्री दाहालको प्रस्ताव स्वभाविक भए पनि एमालेले त्यसलाई लत्याएको बताए ।

उनले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतिमै अघि बढाउने बाटो रोक्न खोजेको पनि बताए। त्यस अवसरमा उनले संसद विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरि आएपछि आफूहरुले सो पार्टीसँगको गठबन्धन छोडने अवस्था आएको बताए ।

सांसद पौडेलले भन्नुभयो, ‘‘नेकपा ९एमाले०सँग मेरो अनुरोध छ, नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईंले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ रु दोस्रो दललाई सहमति चाहियो। पहिलो दललाई समेत सहमति गरेर जाउँ भन्ने प्रधानमन्त्रीको कुरा गल्ती थियो रु इतिहासको कठघरामा उभिएर हामी जवाफ दिन तयार छौं।’’

सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक संकटबाट जोगाउन पनि दलहरुबीच मिलेर अघि बढनुको विकल्प नरहेको बताए ।


क्याटेगोरी : राजनीति, संसद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट