Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चीनमा उपचाररत वर्षमान पुनको स्वास्थ्यमा सुधार


काठमाडौं, ८ चैत । चीनमा उपचाररत माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ब्यथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए।

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित पुन अस्वस्थताका कारण मत माग्न जान सकेका थिएनन्। उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। पारिवारिक श्रोतका अनुसार पुनको स्वास्थ्यमा चमत्कारिक सुधार भएको छ।

उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको छ। सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरु बताउँछन्। तर, पुनको शरीरमा कम्तिमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ।

स्वास्थ्यमा सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि नेपाल फर्कन भनेको परिवारका सदस्यहरुले बताएका छन्। पुनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती छिन्।


क्याटेगोरी : प्रवास, राजनीति, स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट