Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अनौपचारिक क्षेत्रका नागरिक र करारका कर्मचारी पनि सामाजिक सुरक्षामा समेटिनेछन् : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने योजना रहेको बताएका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने योजना रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,‘अनौपचारिक क्षेत्रका नागरिक पनि सामाजिक सुरक्षामा समेटिनेछन् । ६० प्रतिशत जनसंख्यालाई सामाजिक सुरक्षामा समेटिने योजना छ । हामीलाई विश्वास छ, करिब ४० लाखमाथि वैदेशिक रोजगारमा रहेका श्रमिक तथा व्यक्तिहरू यो योजनामा आउनुहुनेछ ।’

संविधानको सफल कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धि अहिलेको आवश्यकता रहेको बताए । उनले भने,‘देशका उत्पादनशिल जनशक्ति विदेशीरहेको छ । जुझारु जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने चुनौति छ । देशको अर्थतन्त्रलाई विदेशमा श्रम गरिरहेका नेपालीहरुले योगदान पुर्‍याउनुभएको छ।ु

प्रधानमन्त्री प्रचण्डले करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा समेट्ने सरकारको योजना रहेको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट