Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बालुवाटारमा शीर्ष नेताको छलफल चल्दै, मन्त्रालय भागबण्डामा विषय केन्द्रित


काठमाडौं । सरकार विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका छन्। बुधवार साँझ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बोलाइएको हो। प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिएपछि सरकार विस्तारका लागि गृहकार्य भइरहेको छ। तर सत्ता साझेदार दलका बिचमा भागबण्डा मिल्न नसकेपछि सरकार बिस्तार हुन सकेको छैन।

पुस १० मा नेकपा एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन फागुन १२ गते माओवादी – एमाले गठबन्धन टुटेको थियो। त्यसयता कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु अहिले सत्ता गठबन्धनमा सामेल छन्। उनीहरुका बिचमा शक्ति बाँडफाँट हुन लागेको हो।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट