Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गठबन्धनको आडमा बारा–२ को उपनिर्वाचन जित्ने उपेन्द्रको दाउ !


काठमाडौं । सत्ता गठबन्धनको आडमा बारा क्षेत्र नं. २ को उपनिर्वाचन जित्ने दाउमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव रहेका छन् । यसै अनुसार जसपाले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बताउँदै आएको छ ।

जसपाले उम्मेदवार तय गर्ने र उक्त उमेद्वार नै सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गरिनुपर्ने पक्षमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बुधबारको बैठकमा छलफल भएको हो।

सत्ता गठबन्धनको बुधबार नै बालुवाटारमा बसेको बैठकमा पनि अध्यक्ष उपेन्द्र यादवले यस विषयमा कुराकानी राखेका थिए। तर यस विषयमा गठबन्धनले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।

गत मंसिर ४ मा भएको चुनावमा बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। चैत ३ मा उनी उपराष्ट्रपति बनेपछि रिक्त यो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुँदैछ।

जसपाले अध्यक्ष उपेन्द्र यादवलाई यो क्षेत्रमा उम्मेदवार बनाउन खोजेको छ। त्यसका लागि सत्ता गठबन्धनका दलहरूको सहमति लिन जसपाले गृहकार्य गरिरहेको छ।

यद्यपी उपेन्द्र यादवलाई बारा २ बाट गठबन्धनको सर्वसम्मत उमेद्वार बन्ने भने त्यति सहज छैन । सत्ता गठबन्धनमै रहेका जनमत पार्टी, लोसपालगायतले पनि बारा २ मा उम्मेदवारी दिनेबारे छलफल गरिरहेका छन्।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट