Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१० दलीय सत्ता गठबन्धन भत्काउन एमाले लाग्दैन : शंकर पोखरेल


दाङ, ९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा देशमा अस्थिरता देखिएको आरोप लगाएका छन् ।

प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले देशमा स्थिरताका लागि पनि तत्काल १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर गरे । १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको उनको भनाइ थियो ।

उनले भने, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र नागरिकका पक्षमा काम गरेमा हामी साथ दिन्छौँ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउने सोच राख्दैनौँ ।’ सरकारले देश र नागरिकभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधि गरेमा एमालेले सधै विरोध गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए । उनले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र नागरिकका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट