Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्ववियुमा मिश्रित परिणाम


अखिल १२२, नेविसंघ ११४ र अखिल क्रान्तिकारी ७३ क्याम्पसमा विजयी

काठमाडौं। हालसम्म स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका त्रिभुवन विश्वविद्यालयका आंगिक, सम्बन्धन प्राप्त र अन्य साना-ठूला क्याम्पसमा मिश्रित चुनावी परिणाम आएको छ।

जसअनुसार एमाले निकट अनेरास्ववियुले १२२ क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेस निकट नेविसंघले ११४ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७३ वटा क्याम्पसमा सभापति जितेको छ।

त्रिविका आंगिक क्याम्पसमध्ये सबभैन्दा धेरै विद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ। पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज र बाग्लुङको धवलागिरी बहुमुखी क्याम्पसमा विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन।

त्रिचन्द्र, आरआर, नेपाल कमर्स, पाटन संयुक्त, विश्वभाषा, आयुर्वेद जस्ता उपत्यकाका ठुला क्याम्पसमा पनि तालाबन्दीका कारण निर्वाचन रोकिएको छ।

निर्वाचन प्रयोजनका लागि एक दर्जन भन्दा बढी विद्यार्थी संगठनले त्रिविमा संगठन दर्ता गराएका थिए। त्यसमध्ये समिक बडाल नेतृत्वको अनेरास्ववियु, दुजाङ शेर्पा नेतृत्वको नेविसंघ, पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन र बीपी साह नेतृत्वको विद्यार्थी जनमत संघले मात्र सभापति जितेका छन्।

निर्वाचन हुन बाँकी त्रिविका आंगिक, सम्बन्धनप्राप्त र अन्य क्याम्पसहरूको विवाद समाधान गरेर तत्काल निर्वाचन कार्यक्रम अगाडि बढाइने त्रिवि र अन्य निकायका अधिकारीहरूले बताएका छन्।

त्रिवि अन्तर्गतका मात्रै उपत्यका र बाहिरका गरी १८ क्याम्पसमा निर्वाचन हुन बाँकी छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट