Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डलाई पद जान्छ कि भन्ने डर छ : गगन थापा


काठमाण्डौं, १० चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद जान्छ कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री प्रचण्डमा पनि पद जान्छ कि भन्ने डर रहेको बताएका हुन्।

शुक्रवार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गरे । उनले भने ‘अहिले म यसो नेताहरू हेर्छु– पटकपटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ । पटकपटक चुनाव जितेकोलाई अर्को पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर आफूलाई हटाइदेलान् कि भन्ने डर छ ।’

कार्यक्रममा बोल्दै महामन्त्री थापाले बालबालिकाहरूलाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताए। बालबालिकाहरूलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ थियो । महामन्त्री थापाले सानासाना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हुने भएकाले उनीहरूलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताए ।

महामन्त्री थापाले बालबालिकाहरूलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने पनि बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट