Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पर्सिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माओवादी केन्द्र


काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पर्सि सोमवारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिवार आज दिउँसो बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

पर्सिसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गरिने उनले बताए । त्यसैगरी सङ्घीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएका सचिव पौडेलले बताए ।

उनले भने, ‘विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समिक्षात्मक छलफल भयो । पर्सिसम्ममा छिटोभन्दा छिटो क्याबिनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्नेबारेमा छलफल भयो । यस्तै, सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भयो।’

बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट